विदेश

आठ महिनाकी बालिका बलात्कार गर्ने दाई पक्राउ

आठ महिनाकी बालिका बलात्कार गर्ने दाई पक्राउ


काठमाडौं । भारतको राजधानी दिल्लीमा ८ महिनाकी बालिकामाथि बलात्कार भएको छ ।

८ महिनाको बालिकामाथि नातामा उनका दाइ पर्ने २८ वर्षका व्यक्तिले बलात्कार गरेको आरोप छ ।

बालिकाको अवस्था गम्भीर रहेको र उनको दिल्लीकै अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बालिकालाई आइतबार अस्पताल लगिएको हो ।

घटना आइतबारको भए पनि सोमबार मात्रै बाहिर आएको हो । प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ । दिल्लीको महिला आयोगकी प्रमुख स्वाती कालिवालले बालिकाको अवस्था निकै डरलाग्दो रहेको बताएकी छन् ।

बालिकाको उपचारको क्रममा तीनघण्टा लामो उपचार गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विशेष