विदेश

फिटनेश एपले सैनिक अखडा देखाएपछि...

फिटनेश एपले सैनिक अखडा देखाएपछि...

एजेन्सी । विश्वका विभिन्न स्थानमा रहेका अमेरिकी सैन्य अखडाहरुमा रहेका सैनिकहरूले दैनिक अभ्यास गर्ने मार्गहरू बारेको विवरण एक फिटनेश ट्रयाकिङ कम्पनीले चुहाएपछि सुरक्षा चासोहरू बढेका छन्।

अमेरिकी सेनाले अब त्यस्ता फिटनेश डिभाइस प्रयोग बारे समिक्षा गर्ने बिबिसीले जनाएको छ।

विवरण


अनलाईन फिटनेश ट्रयाकर कम्पनी स्ट्राभाले हिटम्याप भनिने एउटा नक्सा प्रकाशन गरेको छ जसमा दौडिँदा वा साइकल चलाउने क्रममा प्रयोगकर्ताले प्रयोग गर्ने मार्गसहितका विवरणहरू देख्न सकिन्छ।

सिरिया र अफगानिस्तानसहितका देशहरुमा रहेका विदेशी सैन्य अखडाहरूको संरचना पनि सो हिटम्यापमा देखाइएको जस्तो देखिन्छ। साथै त्यहाँभित्र हुने सैनिकहरुको आवतजावत पनि देख्न सकिन्छ।

एक प्रवक्ताले भनेका छन्- अमेरिकी सेनाले सो हिटम्यापको जाँच गर्दैछ।

अमेरिकाको सान फ्रान्सिस्को शहरमा रहेको उक्त कम्पनी स्ट्राभाले एउटा एप प्रदान गर्छ जसले मोबाइल फोनमा हुने स्थानहरु पत्ता लगाउने( जिपिएस प्रणाली प्रयोग गरी प्रयोगकर्ताका दैनिक गतिविधि ट्रयाक गर्ने गर्दछ।

स्ट्राभाका अनुसार विश्वभर उसका २ करोड ७० लाख प्रयोगकर्ताहरु छन् ।

खतरनाक

अस्ट्रेलियन न्याश्नल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सुरक्षा विषय पढिरहेका एक २० बीस वर्षीय अस्ट्रेलियाली विद्यार्थीले गत हप्ता इन्टरनेटमा एउटा नक्सा बनाउने सम्बन्धी ब्लग हेरिरहँदा ती नक्साहरु हेर्न पुगेका थिए।

सैन्य सेवामा रहेका धेरै सदस्यहरूले सार्वजनिक रुपमा आफू रहेको स्थानसम्बन्धी विवरण राखेको उनलाई लाग्यो र दैनिक अभ्यास गर्दा प्रयोग हुने मार्गहरू बारे उजागर हुनु खतरनाक हुन सक्ने उनलाई लागेको उनले बीबीसीलाई बताए। ती विद्यार्थी द्वन्द्व विश्लेषणसम्बन्धी एक संस्थामा कार्यरत छन्।

सामान्यतयाः सैन्य अखडाहरूका रहेका स्थानहरू सबैलाई थाहा हुन्छ र भू-उपग्रहबाट खिचिएका तस्वीरहरुमा पनि ती भवनका बाहिरी बनोट देख्न सकिन्छ तर हिटम्यापले भने ती भवनहरुमध्ये सबैभन्दा बढी कुन प्रयोग भएको वा सैनिकहरुले हिँडेको मार्गबारे जानकारी दिने गर्दछ।

साथै सैन्य गतिविधिको अवस्था र अखडाभित्र सैनिकहरूको हिँडडुल पनि सो हिटम्यापले देखाउँछ।

हिटम्यापमा चम्किरहेको रेखा देखिनुको अर्थ बढी गतिविधि भएको भन्ने हो ।

सैन्य अखडा बाहिरका स्थानहरुबारेको विवरण पनि राखिएको जस्तो देखिन्छ जसमा अभ्यास गर्ने क्रममा बढी प्रयोग हुने मार्गहरू वा गस्ती मार्गहरू पनि ट्रयाक भएको हुन सक्ने बताइएको छ।

विशेष