News

शहिद दिवसमा ओलीको यस्तो सन्देश

शहिद दिवसमा ओलीको यस्तो सन्देश


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन् ।
शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै ओलीले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हन् ।


शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गरेका छन् । ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने कुरा पनि व्यक्त गरेका छन् ।

सन्देशमा वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताउँदै भनेका छन्, “वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँं ।”

अध्यक्ष ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनालाई सम्बोधन गर्न आज एमाले र माओवादी केन्द्र गठबन्धनमा आबद्ध भएको पनि बताए । यस अघि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद दिवसको अवसरमा संन्देश जारी गरेका थिए ।

विशेष