विदेश

एफबिआईका उपनिर्देशकद्वारा राजीनामा

एफबिआईका उपनिर्देशकद्वारा राजीनामा

काठमाडौं । अमेरिकाको संघीय जाँच ब्युरो एफबिआईका उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पबाट तीब्र आलोचना खेपिरहेका मकेबलाई नियतबस पदबाट राजीनामा दिन बाध्य बनाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न बाध्य पारिएको जनाइएको छ ।

यद्यपी ह्वाइट हाउसले भने मकेबको राजीनामामा सरकारले कुनैपनि प्रकारको दबाब नदिएको दावी गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले गत मे मा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको अनुसन्धानको क्रममा एफबिआईका तत्कालिन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको रुपमा पनि काम ससम्हालेका थिए ।

विशेष