विदेश

बस नहरमा खस्यो ३६ जनाको मृत्यु

बस नहरमा खस्यो ३६ जनाको मृत्यु


काठमाडौं । भारत पश्चिम बंगालको मुर्शिदाबादमा बस पुलबाट नहरमा खस्दा ३६ जनाको ज्यान गएको छ ।

मुर्शिदाबाद जिल्लामा रहेको नहरमाथिको पुलको रेलिङ तोडेर ५६ जना यात्रु रहेको बस तल खसेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

अहिलेसम्म नगरबाट ३६ जनाको शव बाहिर निकालिएको र अरुको खोजी भरहेको प्रहरीले जनाएको छ । १० जना बेपत्ता रहेको र उनीहरुको जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको प्रहरीको भनाई छ । अरु घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 राति अँध्यारो भएकाले खोजी कार्य प्रभावित भएको र मंलबार बिहानैदेखि बेपत्ताको खोजी सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नादिया जिल्लाको शिकापुरबाट माल्दा जाँदै गरेको बस बलीरघाटमा रहेको पुलबाट बिहान ६ बजे नहरमा खसेको हो । तर उद्धार तथा राहतको काममा ढिलाइ हुँदा धेरैको ज्यान गएको हो ।

प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका थिए । उनीहरुले प्रहरी विरुद्ध प्रदर्शन गर्नुका साथै एउटा गाडी पनि जलाएका छन् । गहिरो पानीमा डुबेको बस बाहिर निकाल्नका लागि चारवटा ठूला हाइड्रोलिक क्रेन प्रयोग गरिएको थियो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले घटनास्थलको अनुगमन गर्ने बताएकी छन् ।

यस्तै मृतकका परिवारलाई जनही पाँच लाख तथा गम्भीर घाइतेलाई एक लाख रुपैयाँ दिने घोषणा पनि गरेकी छन् । यस्तै सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरिएको पिटिआईले जनाएको छ ।

विशेष