News

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा हिजो बेलुकी मिनी ट्रकको ठक्करबाट पैदलयात्री स्थानिय ४५ बर्षीय नर सिंह नगरकोटीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका नगरकोटीको नेपाल मेडिकल कलेज अत्तरखेलबाट थप उपचारको क्रममा ओम अस्पताल चावहिलमा राती साढे ९ बजे, मृत्यु भएको प्रहरी प्रभाग गोकर्णले जनाएको छ ।

हिजो बेलुकी ८ बजे नगरकोटीलाई ठक्कर दिने बा३ख ५८२१ नम्बरका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष