News

आगामी साताबाट नागरिक परिचयपत्र वितरण सुरु हुने

आगामी साताबाट नागरिक परिचयपत्र वितरण सुरु हुने


काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी हप्ताबाट नागरिक परिचय पत्र वितरण गर्ने भएको छ । पहिलो चरणमा पाँचथर जिल्लाका १ लाख १० हजार र सिंहदरबारमा कार्यरत ७ हजार निजामती कर्मचारीलाई परिचय पत्र वितरण गर्ने केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले पाँचथर र सिंहदरबारका कार्मचारीका लागि परिचय पत्र वितरणका लागि तयारी पूरा भएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकले परिचय पत्र सेक्यिुरिटी फिचरका सम्बन्धमा निर्णय गरेकाले परिचय पत्र वितरणका लागि बाटो खुलेको सुवेदीको भनाई छ । परिचय पत्रमा जैविक र वैयक्तिक विवरण पूरा हुनुका साथै नदेखिने गरी सेक्युरिटी चिह्न र फिचर राखिने तयारी छ ।

राष्ट्रिय परिचय पत्रमा, जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकताको सबै जानकारी, बुवा र बाजेको नाम समेत उल्लेख हुनेछ । कार्यकारी निर्देशक सुवेदीले आगामी दिनमा जन्मदर्ता नम्बरलाई, नागरिक परिचय पत्रमा राखिने व्यवस्था सहित लाईसेन्स, बैंकका एटीएमलाई पनि सोही परिचय पत्रबाट प्रयोग गरिने तयारीमा लागेको उल्लेख गरे ।

विशेष