प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपी माग्न सिडियो कार्यालय पुगे केसी (निवेदनसहित)

प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपी माग्न सिडियो कार्यालय पुगे केसी (निवेदनसहित)


काठमाडौं। प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै डा गोविन्द केसीले काठमाडौं सिडियो कार्यालयमा निवेदन दर्ता गरेका छन् । बुधवार १० बजे बबरमहलस्थित सिडियो कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन् ।

नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी नागरिकताको प्रतिलिपि मागिएको डा केसीले बताए । निवेदन दर्ता गराउन डा केसीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा अभिषेकराज सिंह त्यहाँ पुगेका छन्।

 

न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन् । न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद छ।

संम्बधित खबर

विशेष