News

हुम्लामा रुगाखोकीले पाँचको मृत्यु, एक सय बिरामी

हुम्लामा रुगाखोकीले पाँचको मृत्यु, एक सय बिरामी

हुम्ला । हुम्ला जिल्लाको विभिन्न गाउमा फैलिएको रुघाखोकीले शनिबार यता पाँचजनाको ज्यान गएको छ ।

एक सयभन्दा धेरै सिकिस्त बिरामी परेका छन् ।  रुघाखोकीले  शनिबार ८८ वर्षीय गोरे जैशीको मृत्यु भयो । आइतबार ९१ वर्षीय भ्याले कार्की, ९२ वर्षिय खैरे शाहीको मृत्यु भएको छ । यस्तै सोमबार ताँजकोट गाउँपालिका–५ मदानाकी २७ वर्षीया रन्देवी परियार, ६०वर्षीया नन्दकली परियारको मृत्यु भएको हुम्लाका सहायक प्रमूख जिल्ला अधिकारी ऋद्धी प्रकाश सिटौलाले जानकारी दिए ।

पुष दोस्रो सातादेखि शुरु भएको रुघाखोकीले मदना गाउँमा मात्रै झण्डै सयको संख्यामा बिरामी परेको स्थानीय देवी परियारले वताएकी छन् । उनले शुरुमा ज्वरो आउने, टाउको दुख्ने खोकी लाग्नबाट शुरु हुने रुघाखोकी बिस्तारै घाँटीदुख्ने पखाला समेत चल्ने गरेपछि पाको उमेरका बिरामीलाई थप समस्यापारेको सुनाइन ।

 

विशेष