प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता भण्डारी सुरक्षा माग्दै प्रशासनमा (निवेदनसहित)

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता भण्डारी सुरक्षा माग्दै प्रशासनमा (निवेदनसहित)


काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।

डा। गोविन्द केसीको पक्षमा सर्वोच्चमा बहस गरेको आधारमा प्रतिशोध साँधी मुद्दाको बहस सकिना साथ पुस २६ गते र गत बिहीबार नागरिक दैनिकमा लेख प्रकाशित भएपछि फोन गरेर धम्की दिएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्। सोही सन्दर्भमा मंगलबार २ बजे केही मानिस आफ्नो कार्यालयमा आएर समेत धम्की दिएको भण्डारीले बताएका छन्।

आफ्नो जिउ ज्यानलाई प्रधानन्यायाधीश पराजुलीबाट खतरा रहेको भन्दै उनले आफ्नो सुरक्षा र ज्यानमा तलमाथी भए उनलाई कारबाहीको लागि समेत माग गरेका छन्। प्रधानन्यायाधीश पराजुलीको मोवाइल नम्बरबाट फोन गरेर धम्काएको उनले निवेदनमा उल्ले गरेका छन्।

संम्बधित खबर

विशेष