अपराध सुरक्षा News

बलात्कार काण्डमा प्रहरी डिएसपी र ईन्सपेक्टर पनि मुछिए

डिएसपी भारती र ईन्सपेक्टर ठकुरीमाथि छानविन सुरु

बलात्कार काण्डमा प्रहरी डिएसपी र ईन्सपेक्टर पनि मुछिए

बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपी तिलक भारती पनि सो मुद्धामा मुछिएका छन् । घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजगत्वमा तीन सदस्य समिति बनाएर छानविन सुरु गरेको छ।


महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भारतीमाथि पनि अनुसन्धान सुरु भएको छ । तिलकको साथमा अर्का र्इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरुमाथि लागेको हो ।


गत बिहीबार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग बृत्त पुगेकी थिइन्। बृत्तले आरोपितसँग आर्थिक लेनदेन गर्दै पीडित युवतीको उजुरी नै दर्ता नगराएको बताइएको छ ।

 

विशेष