News

अफ्रिकी राष्ट्र जाम्बियाका सेना प्रमुख पाउल मिहेभा नेपाल अाउँदै

अफ्रिकी राष्ट्र जाम्बियाका सेना प्रमुख पाउल मिहेभा नेपाल अाउँदै

काठमाडाैं । अफ्रिकी राष्ट्र जाम्बियाका सेना प्रमुख पाउल मिहेभा नेपालको औपचारिक भ्रमणको सिलसिलामा काठमाडौँ आउने भएका छन् । आज विलुका नेपाल आउन लागेका मिहोभालाई सैनिक ईन्टेलिजेन्स महानिर्देशक उपरथी श्री जगदिशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्याक्रम तय भएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

भेली टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण हुनेछ भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । साथै उनले प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उनले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा, रक्षामन्त्री भिमसेनदास प्रधानलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय सेनाले जनाएको छ । साथै, उनले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै पोखरालगायत नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र जाम्बिया सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने र जाम्बियाको सेना प्रमुखको नेपाल भ्रमणबाट अफ्रिकी राष्ट्रहरुमा शान्ति स्थापना कार्यमा सहकार्य गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

विशेष