विदेश

भ्रष्टाचारीबाट १ सय ७ अर्ब डलर असुली

भ्रष्टाचारीबाट १ सय ७ अर्ब डलर असुली


साउदी । साउदी अरबले भ्रष्टाचारको बिरोधमा शुरु गरेको अभियानको नतिजा आउन थालेको छ ।

साउदी सरकारको अटार्नी जनरलका अनुसार उक्त अभियानमा पक्राउ परेकाहरुबाट जरीवाना स्वरुप झण्डै १०७ अर्व डलर असुल भएको छ ।

अटार्नी जनरल शेष सउदी असमुजीवका अनुसार ४ नोभेम्बरका दिन हिरासमा लिइएका ३ सय ८१ जना मध्ये ५६ जना अझै सम्म हिरासतमै रहेका छन् । उनीहरुलाई बयान लिने काम जारी छ । बाँकीले अपराध स्वीकार गरेकाले उनीहरुको चल अचल सम्पत्ती सरकारीकरण गरिएको छ ।

हिरासतमा रहेकाहरुको नाम नखुलाइएको भए पनि शाही परिवारका सदस्य, मन्त्रिहरु र केही ब्यवसायीहरु रहेको बुझिएको छ ।

विशेष