News

रानीपोखरीको उत्खनन सुरु: भेटियो यस्तो तथ्य

रानीपोखरीको उत्खनन सुरु: भेटियो यस्तो तथ्य

काठमाडौं । रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ । विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो ।

उत्खननका क्रममा ९ किसिमका मल्लकालीन इँट फेला परेको रानीपोखरी पूननिर्माणसम्बन्धी विज्ञ समूहका संयोजक विष्णुराज कार्कीले बताए । यसलगत्तै पोखरीको चारै सीमाना, बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने ब्रिजलगायत सम्पूर्ण क्षेत्रको उत्खखन गरिने कार्कीले बताए ।

विष्णुराज कार्की पुरातत्व विभागका पूर्वमहानिर्देशक समेत हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

विशेष