News

जानी दुस्मन यी नवधनाड्यको सुटुक्क दुबईमा गोप्य वार्ता

जानी दुस्मन यी नवधनाड्यको सुटुक्क दुबईमा गोप्य वार्ता


काठमाडौं । एकातिर दुई ठूला मिडिया हाउसका मालिक स्वदेशमा एकअर्काको ज्यान सुरक्षाको माग गर्देै झगडा छताछुल्ल पार्र्दै छन् भने अर्कातिर विदेश गएर साटसुट हिसाब मिलान गर्न पनि भ्याएकै छन् ।

उनीहरु गत साता एक दिनको फरक पारेर सुटुक्क एउटा खाडी मुलुकतर्फ लागेको तालिकाले देखाएको छ । अजेय सुमार्गी १३ गते गएर फलाई दुबईको जहाजबाट १५ गते साझँ ६ः ३० बजे फर्किइसके भने कैलाश सिरोहियाचाहिँ १४ गते राति साढे १० बजे सोही वायुसेवाको उडानबाट दुबई पुगेर भोलीपल्ट दिनभर सुमार्गीसँग भेटवार्ता गरेपनि अझैसम्म नेपाल फर्किएका छैनन् । एकअर्कालाई स्वामी शब्दले सम्बोधन गर्ने थाहा र कान्तिपुर मिडिया ग्रुपका यी दुई नवधनाढ्य अघिल्लो महिना ज्यानी दुश्मनका रुपमा छताछुल्ल भएका थिए ।

यस्तो किन भएको होला ? भित्री रहस्य जे जे भए पनि बाहिर देखिने कारणचाहिँ आर्थिक लेनदेन नै रहेकोमा आशंका छैन । कैलाश सिरोहियाले कान्तिपुरबाट विनोद ज्ञवाली अलग भएपछि रामेश्वर थापालाई पार्टनर बनाएर भित्रयाए । केही समयमै रामेश्वर पनि अलग्गिने भए । उनलाई सिरोहियाले ३५ करोडको दुई वटा चेक दिए । त्यो कुरा लोकमानसिंह कार्की अख्तियार प्रमुख रहेकै बेलाको हो ।

उक्त चेकअन्तर्गतको केही रकम त तत्काल भुत्तानी भयो तर ठूलो हिस्सा बाँकी नै थियो । त्यसैबेला काठमाडौं मार्ट खोल्ने तयारी भयो । जग्गाको कारोबार गर्दा जम्मा ६५ करोडमा पास गरिएको थियो । रामेश्वरलाई भुत्तान गर्न सिरोहियाले सुमार्गीलाई बेचेको सो जग्गामा एक हप्ता अगाडिदेखि थाहा डा«इभिङ सेन्टर सञ्चालनमा आएको छ । हुन त त्यही बेला पनि सो जग्गाको कारोबार रोक्न लोकमानले मालपोतलाई धम्कीयुक्त फोन गरेका थिए तर राति आठ बजेसम्म कार्यालय खुला राखेर भए पनि पास गरियो । अहिले त्यही जग्गा पुरानै मूल्यमा फिर्ता गर्न सिरोसहयाले सुमार्गीलाई दबाब दिएपछि आन्तरिक विवाद छताछुल्ल भएको कसैकसैको दाबी छ ।

जग्गा मुक्तिश्री सिमेन्टको नाममा सुमार्गीले किनेका हुन् । यसरी आफ्नो प्रस्ताव नमानेपछि कैलाशले कान्तिपुर पत्रिकालाई आफूविरुद्ध प्रयोग गरेको आरोप लगाउँदै सुमार्गी भन्छन्, जग्गा किन्दा मैले दिएको पैसा लिगल हुने अनि मैलै उनको प्रस्ताव अस्वीकार गर्नासाथ त्यही इलिगल हुने ? प्रचण्डले पनि सुमार्गी र सिरोहियाबीच सम्बन्ध बिग्रिएकै बेला सुमार्गीले उपलब्ध गराएको भन्ने गरिएको लाजिम्पाटको डेरा छाडेका छन् । यो संयोग मात्र हो या अन्य केही सम्बन्ध पनि यी घटनाक्रमबीच छ त्योचाहिँ खोजीको विषय बनेको छ ।

एउटा अर्को प्रसंगमा सुमार्गीले केही करोड रुपैयाँ सिरोहियालाई दिएकाे बताइन्छ । तर, चुनावताका सुमार्गीले चितवनमा प्रचण्डका लागि ३० लाख मात्र पठाएपछि यस्तो पनि गर्ने हो ? भन्दै फिर्ता पठाइएको बताइन्छ । अहिले सुमार्गी आफैंचाहिँ टाट पल्टिएको अवस्था छ । त्यसैकारण टिभी खोल्ने भनेर तम्सिए पनि चालचुल गर्न सकिरहेका छैनन् । लाजिम्पाटमा प्रचण्ड बसेको घर नेपाल चिया विकास निगम लिजमा लिने सुवाष संघाईको खर्चमा सुमार्गीले आधी खर्च हालेर लिइदिएको बताइन्छ । त्यो घर सुमार्गीकी साली शिशु अर्यालको नाममा लिइएको थियो ।

संघाईले इलाम र झापाको चिया बगानमा माओवादी मजदुरले उत्पन्न गराएको समस्या समाधान गरिदिएबापत ५ करोड खर्च दिएको चर्चा छ । कतिपयले छोरा प्रकाश बितेको घर भएको हुदाँ उनको सम्झनाले सताउने कारण पनि प्रचण्डले घर छाडेको बताउने गरेका छन् । त्यसो त सुमार्गीले पनि ठाउँ बेठाउँ आफूले किनिदिएको घरमा प्रचण्ड बसेको भन्दै हल्ला गरेका कारण पनि उनले त्यो घरमा बसिरहनु उचित नठानेको अनुमान लगाउन सकिन्छ । अहिले प्रचण्ड र सुमार्गीबीच राम्रो सम्बन्ध छैन । जनआस्था साप्ताहिकबाट

विशेष