News

यस्तो छ सिलवाललाई पक्राउ गर्न प्रहरीले काटेको पत्र

यस्तो छ सिलवाललाई पक्राउ गर्न प्रहरीले काटेको पत्र


काठमाडौं । पूर्वडीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाललाई प्रहरी महानिरीक्षकको बढुवा प्रकरणमा कीर्ते कागजातबारे छानबिन गर्न बयानका लागि उपस्थित गराउन काठमाडौँ प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ।

काठमाडौँ प्रहरी परिसरले ललितपुर प्रहरी परिसरलाई लेखेको पत्रमा भनिएको छ

‘उपरोक्त सम्बन्धन्मा यसमा कार्यालयमा दर्ता भएको मुद्दा दर्ता नम्बर २८३-०७४-०७५ मुलुकी एेन कीर्ते कागजको महलअन्तर्गतको सरकार कागजात कीर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्ने पर्ने भएको हुँदा निम्न स्थान वतन भएका निम्न व्यक्तिलाई अविलम्ब यस कार्यालयमा उपिस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।’

पूर्व डिआइजी सिलवाल सोमबार राति मलेसियातर्फ उडेका छन् । उनी एउटा कार्यक्रममा मलेसिया गएको एमाले ललितपुरले जानकारी दिएको छ। उनी एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

विशेष