News

श्रीमान विदेशमा श्रीमती यसरी भए वेपत्ता

श्रीमान विदेशमा श्रीमती यसरी भए वेपत्ता

कपिलवस्तु । यहाँ एउटै वडाका दुई महिला बेपत्ता भएका छन् ।

बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुई महिला १४ दिनदेखि बेपत्ता भएका हुन्। बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ।

गुरुङ मंसिर १५ गते अढाइ वर्षको छोरालाई लिएर माइत गएको नन्द धना गुरुङले बताइन्। माइतीमा तीन दिन बसेपछि घर जान्छु भन्दै बस चढेकी उनी सम्पर्कविहीन छिन्।

अर्की महिला राधाको घटना भने फरक छ। मलाई कसैले नखोज्नुहोला भन्ने एक पान्नाको चिठी लेखी घरमा छोडेकी राधा उनको अवस्था अज्ञात छ। कहाँ गइन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको उनका ससुरा छन्दबहादुर परियारले बताए। पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखेको परियारले बताए।

गीता गुरुङका श्रीमान् मलेसियामा र राधाका श्रीमान् ओमनमा छन्। दुवै परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

विशेष