News

सैनिक हिरासतमा सेनाका सहायक रथी रमेश विष्ट

सैनिक हिरासतमा सेनाका सहायक रथी रमेश विष्ट

काठमाडौं । बैंकिङ कसुर लागेका नेपाली सेनाका सहायक रथी रमेश विष्ट लाईन अरेष्ट भएका छन ।

उनलाई उपत्यका पृतना कार्यालय नारायणहिटी भित्र लाईन अरेष्ट गरेर सेनाले कोर्ट मार्सल शुरु गरेको हो । सैनिक स्रोतका अनुसार उनि पृतना हेडक्वार्टरको सिमित क्षेत्र भन्दा वाहिर जान पाउदैनन । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा सहायक रथी विष्ट पनि मुछिएका थिए ।

बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।

बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो । प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ का ३२ वर्षीया दीपिका रेग्मी हुन् । उनी बैँकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं– ३२ का प्रेमहरि ढुंगेल, टोखा– ८ का गोपाल गिरी, चन्द्रागिरी– ५ का महेश्वर मरहट्ठा, काठमाडौं– १६ का प्रकाश घतानी र काठमाडौं– ३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्राहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातामा जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रिसिप पेपर पनि दिन्थे । तर, सो रकम दीपिका रेग्मी वा उनको आफन्तको बैंक खातामा जम्मा गर्थे । पक्राउ परेका रेग्मीसहित सबैलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

विशेष