News

उच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस

उच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस गरेको छ । बिहीबार बसेको परिषदको बैठकले मुख्य रजिष्ट्रारसहित उच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका न्यायाधीशहरुमा नहकुल पोखरेल, उदयप्रकाश चापागाईं, हरिप्रसाद पोखरेल र यज्ञ बस्याल छन् ।

साथै बिहीबार नै बसेको कानुन सेवा आयोगको बैठकले सर्वोच्च अदालतको रजिष्टारमा महेन्द्र उपाध्याय र कानुन आयोगको सचिवमा चिरञ्जीवी खनालको नाम सिफारिस गरेको छ ।

nyayaparisad judicial council secretariat

विशेष