News

चुनावमा २५ लाख खर्च भोट जम्मा २ सय २९ !

चुनावमा २५ लाख खर्च भोट जम्मा २ सय २९ !

 

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो ।

रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए । यो मतपरिणाम खर्चअनुसार निकै अस्वभाविक देखिन्छ । रोकाले आफ्नो मत कति भन्नेबारे भने थाहा नभएको प्रतिक्रिया दिए । –नागरिक दैनिकबाट

विशेष