News

बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. लोहनी

बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. लोहनी

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई नियुक्त गरेको छ।

स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ। स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएको जनाएको छ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यकारी निर्देशक रहेका लोहनीले स्वास्थ्य बीमा ऐन आएपछि बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै साताअघि राजिनामा दिएका थिए। सरकारले गत असोज २४ गते बीमा ऐन ल्याएको थियो।

विशेष