विदेश

दक्षिण कोरियाको वार्ताको प्रस्ताव उत्तरद्वारा अस्विकार

दक्षिण कोरियाको वार्ताको प्रस्ताव उत्तरद्वारा अस्विकार


सोल । उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको प्रस्ताव स्वीकारेको छ ।

दुई देशबीच आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । आउँदो फेब्रुअरीमा हुने ओलम्पिकमा सहभागिताबारे छलफल गर्न दक्षिण कोरियाले उत्तर कोरियासँग प्रस्ताव गरेको थियो । वार्ता यही जनवरी ९ मा हुने जनाइएको छ ।

नयाँ वर्षको शुभकामना दिने क्रममा उत्तर कोरियाली नेता किम जोङ–उनले आउँदो महिना सिओलमा हुने शीतकालीन ओलम्पिकमा आफ्नो देशको सहभागिता रहन सक्ने संकेत गरेपछि वार्ताको प्रक्रिया शुरु भएको थियो ।

वार्ता दुई कोरियाको सीमा क्षेत्र पानामुन्जोममा गर्ने तयारी गरिएको छ । कोरियाली प्रायद्वीपमा तनाव बढ्दै जाँदा उत्तर र दक्षिण कोरियाबीच हुने उच्चस्तरीय वार्तालाई सबैले निकै चासोपूर्वक हेरेका छन् ।

विशेष