News

ओली अागामी बुधबार बैंकक जाने

ओली अागामी बुधबार बैंकक जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आगामी बुधबार बैंकक जाने भएका छन् । मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओली पुस २६ गते बैंकक जान लागेका हुन् ।

अाेली चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो । तर, उनी चुनावका कारण जान नसकेका हुन् । अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको हाे ।

विशेष