व्यापार

चण्डेश्वरी र सूर्य ग्यास उद्योगलार्इ उत्पादनमा रोक

चण्डेश्वरी र सूर्य ग्यास उद्योगलार्इ उत्पादनमा रोक

बनेपा । नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुले दुई वटा ग्यास उद्योगलाई रोक लगाएको छ । विभागले बनेपाको थापागाउँमा रहेका चंडेश्वर ग्यास उद्योग र सूर्य ग्यास इ. प्रालिलाई बोटलिंग कार्य रोक्न निर्देशन दिएको हो ।

विभागले गरेको स्थलगत अनुगमनका क्रममा गुणस्तर चिह्न नलिएका र मापदण्ड पूरा नगरेको भेटेपछि उत्पादनमा रोक लगाएको हो । चंडेश्वरी ग्यास उद्योगमा हाईड्रोस्टिक टेस्ट नगरेको, टेर वेट परीक्षण नगरेको र गुणस्तर चिन्ह नलिई सञ्चालन गरेकोले उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ।सूर्य ग्यास उद्योगले सेफ्टी क्याप नराखेको, मर्मत गरि भल्भ प्रयोग गर्ने गरेको र गुणस्तर चिन्ह नलिएको पाईएपछि उत्पादनमा रोक लगाइएको हो।

त्यस्तै विभागले सगरमाथा ग्यास उद्योगलाई आवश्यक थप सुधारका लागि निर्देशन दिएको छ । सगरमाथाले भने केही समय पहिला गुणस्तर चिह्नका लागि आवेदन दिएको थियो ।

विभागले गत वर्ष राजपत्रमा सूचना निकालेर सबै ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन ताकेता गरेको थियो । पछिल्लो समय विभागले गुणस्तर चिह्न नहिलएका र मापदण्ड पूरा नगरेका उद्योगलाई धमाधम कारवाही गर्न लागेको हो ।

 

विशेष