News

व्यावसायीको गोली हानी हत्या

व्यावसायीको गोली हानी हत्या

रुपन्देही । रूपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायी समेत रहेका ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

टाउकोमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

देवदह नगरपालिका–२ स्थित ढेकावार खैरेनीमा आफ्नै काठमिलमा आगो तापेर बसिरहेका बेला कालो रङको मोटरसाइकलमा गएको अज्ञात समूहले पौडेलको टोउकामा गोली हानेर फरार भएको थियो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

Rupandehi

विशेष