News

एमाले सांसदलाई ह्दयघात

एमाले सांसदलाई ह्दयघात


काठमाडौ । स्याङ्जा क्षेत्र नं १ का नेकपा एमाले सांसद नारायणप्रसाद मरासिननीलाई हृदयघात भएको छ ।

बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि मरासिनीलाई बिहिबार बिहान हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ ।

मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य देखिन्छ र थप परीक्षण भइरहेको छ ।

विशेष