विदेश

पहिलो अन्तरिक्षयात्रीको निधन

पहिलो अन्तरिक्षयात्रीको निधन

काठमाडौं । चन्द्रमामा हिँडेका र पहिलो अन्तरिक्ष कार्यक्रमको नेतृत्व गरेका अमेरिकी अन्तरिक्षयात्री जन योङ्गको ८७ वर्षको उमेरमा निधन भएको छ।

हालसम्मै सार्वाधिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा सहभागिता जनाएका थिए। उनले ६ पटक अन्तरिक्षको भ्रमण गरेका थिए। सन् २००४ मा अवकाश लिनुअघि योङ्गले अमेरिकी अन्तरिक्ष संस्था नासामा ४२ वर्ष काम गरेका थिए।

जेमिनि, एपोलो र अन्तरिक्षयान कार्यक्रम अन्तर्गत काम गर्ने उनी एकमात्र व्यक्ति थिए। सन् १९३० मा सान फ्रान्सिस्कोमा जन्मिएका योङ्गले जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एइरोनोटिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए र त्यसपछि अमेरिकी नौसेनामा परीक्षण पाइलटका रुपमा काम गरेका थिए।

विशेष