News

रहेनन् पूर्व सांसद पोखरेल

रहेनन् पूर्व सांसद पोखरेल

काठमाडौं । पूर्व सभासद, प्याब्सनका पूर्व अध्यक्ष एवं भिएस निकेतन उच्च माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल डा बाबुराम पोखरेलको निधन भएको छ । ६७ वर्षीय डा पोखरेलको आज बिहान साढे ६ बजे ललितपुरको सानेपास्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि मुटु रोगबाट पीडित थिए ।

डा पोखरेल उच्च माध्यामिक विद्यालय संघ हिसानका पूर्व वरिष्ठ उपाध्यक्ष पनि थिए । उनका पत्नी र दुई छोरा छन् ।

विशेष