News

भारतीय मोटरसाइकलमा आएकाले गरेका थिए पौडेलको हत्या

भारतीय मोटरसाइकलमा आएकाले गरेका थिए पौडेलको हत्या

रुपन्देही । देवदहका व्यवसायी बसन्त पौडेलको हत्यामा भारतीय मोटरसाइकलको प्रयोग भएको खुलेको छ। बिहारको बैसाली भन्ने ठाउँबाट चोरीएको मोटरसाइकलमा उनीहरुले नक्कली नेपाली नम्बरप्लेट राखेर प्रयोग भएको अनुसन्धानमा खुलेको छ।

हत्यामा प्रयोग भएको मोटरसाइकल शनिबार प्रहरीले बेबारिसे अवस्थामा भेटाएको छ। लु १ च १४ नम्बर राखेर उक्त मोटरसाइकल हत्यामा संलग्न समूहले प्रयोग गरेको थियो।

पौडेललाई शुक्रबार दिउसो आफ्नै फर्निचरमा गोली हानी हत्या गरिएको थियो। अपराधीहरुले निकै योजनाबद्ध रुपमा हत्या योजना बनाएकाले उनीहरुले चोरीको मोटरसाइकल प्रयोग गरेका हुन्। हत्यामा मनोज पुन समूहको संलग्नता आशंका गरिएको छ।

विशेष