News

आइइएलटिएसमा चिट चोराउने पक्राउ

आइइएलटिएसमा चिट चोराउने पक्राउ


काठमाडौं । ब्रिटिस काउन्सिलले लिने आइइएलटिएस परीक्षाको प्रश्नपत्र लिक गराउने समूहका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रश्नपत्र लिक गराएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले पहिलो चरणमा परीक्षामा सहभागी १३ जनलाई पक्राउ गरको थियो । त्यसमध्ये नौजना विद्यार्थी रहेको खुलेपछि उनीहरूलाई प्रहरीले छाडिसकेको छ । बाँकी चारजनालाई भने प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । काउन्सिलको परीक्षा शनिबार तोकिएको थियो ।

परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले पक्राउ गरिएका १३ मध्ये चारजनालाई हिरासतमा लिई बाँकीलाई छाडिएको बताए । उनले भने, ‘ब्रिटिस काउन्सिलले लिने आइइएलटिएसको परीक्षा हुँदै थियो । त्यसमा प्रश्नपत्र आउट भएको भन्ने खबर आयो । अनुसन्धानका क्रममा विद्यार्थी सहित १३ पक्राउ परे । त्यस मध्ये नौ जनलाई छाडिसकिएको छ । बाँकी चारजनालाई हिरासतमा लिई अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्दा लाखौँ रुपैयाँ करोबार हुने गरेको थियो । एजेन्टले प्रतिप्रश्न दुई लाख रुपैयाँभन्दा धेरै रकम लिएर प्रश्नपत्र आउट गर्ने गरेका थिए । प्रश्नपत्र आउट गर्ने घटनामा ब्रिटिस दूतावासका कर्मचारीसहित नेपाली एजेन्ट संलग्न देखिएको प्रहरीको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

विशेष