विदेश

भारतको दक्षिण राज्यमा अागलागी, पाँच जना ज्यान गयाे

भारतको दक्षिण राज्यमा अागलागी, पाँच जना ज्यान गयाे

नयाँ दिल्ली । भारतको दक्षिण राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच जना व्यक्तिको ज्यान गएको छ ।

भारतिय अधिकारीहरुका अनुसार घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोही रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएको र आगलागी भएको अवस्थामा उनीहरु निदारहेका थिए ।

सोमबार विहान सवेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन ।

धेरै घण्टापछि आगलागीलाई नियन्त्रणमा लिइएको र शवलाई पोष्ट मार्टनको लागि अस्पतालमा लगिएको छ । गएको हप्ता पनि मुम्बइको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको थियो भने अन्य २० घाइते भएका थिए । 

 

विशेष