News

अनसनरत डा केसीलाई पक्राउ आदेश

अनसनरत डा केसीलाई पक्राउ आदेश

काठमाडौं । सर्वाेच्च अदालतले डा गोविन्द केसीविरुद्ध पक्राउ आदेश जारी गरेको छ । न्यायाधीश डम्मबरबहादुर शाहीको एकल इजलासले सोमबार साँझ पक्राउ आदेश जारी गरेको हो ।

केसीले सोमबार विहान एक पत्रकार सम्मेलन गरी अदालत र प्रधान्यायाधीशविरुद्ध गम्भीर आरोप लगाएका थिए । उनले विज्ञप्तिमा न्यायालय भ्रष्ट र माफियाको नियन्त्रणमा रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका थिए ।

केही वर्षयता डा केसी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनशन बस्दै आएका थिए । उनको पछिल्लो अनशन अगाडि जारी गरेको विज्ञप्ति र विभिन्न सञ्चार माध्यममा आएको समाचारलाई आधार बनाई सर्वाेच्च अदालतले मानहानी भएको ठहर गरेको हो ।

विशेष