News

मल्ल हाेटललार्इ क्यासिनाे सञ्चालन गर्न दिन अन्तरिम अादेश

मल्ल हाेटललार्इ क्यासिनाे सञ्चालन गर्न दिन अन्तरिम अादेश

बेल्लिज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आइतबार बेल्लिज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘बेल्लिज प्रालिले कानुनबमोजिम मल्ल होटलसँग सम्झौता गरे बमोजिम रकम भुक्तान गरेको देखिँदा र क्यासिनो सञ्चालन गर्दा कानुन बमोजिम रिट गरेको हुँदा हाललाई रोक लगाउने गरी कुनै कार्य नगर्न नगराउन’ भनिएको छ ।

क्यासिनाले सम्झौता अनुसार मल्ल होटललाई बक्यौता रकम नतिरेको उल्लेख गर्दै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्वस्वीकृति सम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने पत्र पठाएको थियो । सोही पत्रविरुद्ध बेल्लिज प्रालिबाट ज्ञानेन्द्र श्रेष्ठ सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

आदेशमा पर्यटन विभागको पत्र पेशा व्यवसाय गर्न पाउने हकलाई प्रभाव पारेको र क्यासिनो नियमावली विपरित उल्लेख छ ।

malla hotel

विशेष