News

समाचार लेखेको भन्दै पत्रकारलाई ‘पक्राउ पूर्जी’

समाचार लेखेको भन्दै पत्रकारलाई  ‘पक्राउ पूर्जी’

काठमाडौं। डीआईजीहरूको विवादास्पद कार्यसम्पादन मूल्यांकन प्रकाशित गरेको विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंले तीनजना पत्रकारलाई ‘पक्राउ पुर्जी’ जारी गरेको छ ।

परिसरका अनुसन्धान अधिकृत बेलबहादुर पाण्डेले सुशासन अनलाइन, शुभदिन र मूलधारन्युज अनलाइनलाई ‘सम्पादकलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराउन’ भन्दै पत्र काटेका हुन् । सुशासन अनलाइनबाहेकका दुईले भने पत्र बुझेका छैनन् ।

कार्यसम्पादन मूल्यांकनको समाचार प्रकाशित भएका बेला शुभदिनमा खिलानाथ ढकाल सम्पादक थिए भने हाल अशोक अधिकारी सम्पादक छन् । सुशासन अनलाइनमा उत्तम अर्याल र मूलधारन्युजमा रवि धामी सम्पादक छन् । आजको कान्तिपुरमा खबर छ ।

विशेष