विदेश

पुरुषलाई भन्दा महिलालाई पारिश्रमिक बढी दिएको भन्दै बिबिसीकी यी सम्पादकले दिइन राजीनामा

पुरुषलाई भन्दा महिलालाई पारिश्रमिक बढी दिएको भन्दै बिबिसीकी यी सम्पादकले दिइन राजीनामा

काठमाडौं । बीबीसीकी चीन सम्पादक कैरी ग्रेसीले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

ग्रेसीले बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएकी हुन् । ३० वर्षदेखि बीबीसीमा काम गरिरहेकी उनले खुलापत्र लेख्दै बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाएकी छन् ।

उनले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् । तर बीबीसीले भने संस्थाभित्र महिलामाथि कुनै भेदभाव नभएको जनाएको छ ।

विशेष