News

सुमार्गीले मागे सिरोहियासँग २५ करोड, यस्तो कारण

सुमार्गीले मागे सिरोहियासँग २५ करोड, यस्तो कारण

काठमाडौँ । कान्तिपुर दैनिकमा प्रकाशित स्रोत नखुलेको सम्पत्तिसम्बन्धी समाचारले आफूविरुद्ध गालीबेइज्जती भएको भन्दै अजेयराज सुमार्गीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

सुमार्गीले कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माबाट २५ करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गरेका छन् ।

कान्तिपुरमा प्रकाशित समाचारका कारण वैदेशिक लगानीमा सञ्चालित आफ्ना उद्योगले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै उनले क्षतिपूर्ति दाबी गरेका हुन् । वारेस तुलसीबहादुर कार्कीले दर्ता गरेको मुद्दामा आफूले गरेका लगानी निर्विवाद रहेको र आफू सम्मानित छविको व्यक्ति भएको दाबी गरेका छन् ।

विशेष