News

सरोगेसी सेवालाई अनुमति नदिनु –सर्वोच्च अदातल

सरोगेसी सेवालाई अनुमति नदिनु –सर्वोच्च अदातल

काठमाडौँ । सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ ।

न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको आजको पूर्ण इजलासले सरोगेसी सेवा सञ्चालन गर्न पाउनुपर्ने मागको पुनरवलोकन निवेदनमा अनुमति नपाइने फैसला सुनाएको हो । अस्पताल, नर्सिङ होम वा स्वास्थ्य सेवा प्रदान गर्ने निकायलाई कुनै तरिकाले प्रत्यक्ष वा परोक्ष रुपमा सरोगेसीका लागि अनुमति नदिनू र नदिलाउनू भन्ने आदेश जारी भएको छ । अदालतको आदेशसँगै नेपालमा भाडामा कोख लिएर बच्चा जन्माउन प्रतिबन्ध लाग्नेछ ।

नेपालमा सरोगेसी सेवासम्बन्धी कानूनविना नै स्वास्थ्य सेवा वा पर्यटनका नाममा सो व्यवसाय चलिरहेको थियो । ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिले स्वास्थ्य मन्त्रालयको अनुमतिविना नै सो सेवा सञ्चालन गरेको थियो । यसअघि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरोगेसी सेवा नगर्नर नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

विशेष