विदेश

सचिनकी छोरीलाई विवाह गर्छु भन्ने पक्राउ

सचिनकी छोरीलाई विवाह गर्छु भन्ने पक्राउ


मुम्बई । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरकी छोरीलाई फोनमा दुर्व्‍यवहार गरेको आरोपमा मुम्बई प्रहरीले पश्चिम बंगालका एक युवकलाई पक्राउ गरेको छ। देव कुमार मैति नामक युवकलाई प्रहरी पक्राउ गरेको हो।

उनले सचिनकी छोरीसँग विवाह गर्न फोनमा प्रस्ताव गर्दै आएका थिए। छोरी सारा तेन्दुलकरलाई ती युवकले धेरै तनाव दिएपछि सचिनले छोरीको सुरक्षाका लागि मुम्बई प्रहरीमा जाहेरी दिएका थिए।

त्‍यसपछि प्रहरीले उक्त युवकको फोन नम्बर ट्रयाक गरेर स्थानीय प्रहरीको सहयोगमा अन्डसलियाबाट पक्राउ गरेको गरेको थियो।

पक्राउ परेका देवलाई आइतबार हल्दिया कोर्टमा उपस्थित गराइएको छ। देवको परिवारले छोरा ८ वर्षदेखि मानसिक रुपमा अस्वस्थ भएको भन्‍दै रिहाइको माग गरेका छन्। साथै परिवारले देव एक वर्षअघि मुम्बई आएको बताउँदै आएका छन्।

विशेष