News

तेह्र पन्ने आतंक सुरु

तेह्र पन्ने आतंक सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीकै पुनरावृत्ति दोहोरिन थालेको चर्चा आयोग भित्रै हुने गरेको खबर छ ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले अख्तियारलाई लोकमानकै जस्तो शैली र ढर्रामा हाँक्न थालेको गुनासो पनि सुनिन्छ । ठूलठूला भ्रष्टाचारका उजुरी उनले आयोगको पूर्ण बैठकमा पेश नगरी घर्रामा थन्काएर मोमोललाई गर्ने गरेको आरोप छ । विभिन्न मन्त्रालयका सचिवदेखि सहसचिव र उपसचिवसम्मलाई बस्न्यातले तर्साउने र भनेजति नबुझाए १३ पन्ने भराउने भनेर आतंकित पार्ने गरेका छन् ।

जसरी लोकमानसिंह कार्कीले १३ पन्नेको त्रास देखाएर निर्दोष कर्मचारीलाई समेत दुःख दिने गरेका थिए, त्यही शैली दीप बस्न्यातले अबलम्बन गरेका छन् ।
आगामी २०७३ फागुन पहिलो साता ६३ वर्षे उमेरका कारण बिदा हुन लागेका प्रमुख आयुक्त बस्नेतले छोरा कमल बस्नेत मार्फत् ठूला भ्रष्टाचार केसमा बार्गेनिङ गर्दै आएको आरोप छ । प्रमुख आयुक्त बस्नेतले आफन्तलाई राजनीतिक नियुक्ति गर्न दबाब दिने र नदिए १३ पन्ने भराएर दुःख दिने धम्की दिने गरेको खुलासा छ ।
काठमाडौं उपत्यकाका भाइकाजी तिवारीको डिजाइनमा आयुक्त प्रमुख बस्न्यातले समितिका लागि २ अर्ब बजेट थप गर्न अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख भण्डारीलाई चर्को दबाब दिएका थिए । तर समितिको बजेट तारजाली लगाएको देखि बागमती सफाइ गरेको भनेर ८० प्रतिशत भ्रष्टाचार हुने गरेकाले अर्थमन्त्रालयका सचिव र सहसचिवहरुकै सल्लाहमा थप २ अर्ब दिने निर्णय गर्न सहसचिव भण्डारीले अस्वीकार गरेको बताइन्छ । – साँघु साप्ताहिकबाट

विशेष