News

अदालतमा डा. केसीको बयानः गोपाल पराजुलीकाे भ्रष्टाचार विरुद्ध हो मेरो लडाइँ

अदालतमा डा. केसीको बयानः गोपाल पराजुलीकाे भ्रष्टाचार विरुद्ध हो मेरो लडाइँ

काठमाडौं । डा गोविन्द केसीले सर्वाेच्च अदालनमा बयान दिएका छन् । उनले बयानका क्रममा आफ्नो अडानलाई यथावत राख्ने बताएका छन् । डा केसीविरुद्ध सर्वोच्चमा दायर भएको अदालतको अबहेलना मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा हुँदै छ ।

उनले न्यायालयको अपमान गर्ने कुनै मनसाय नभएको तर आफ्नो लडाई भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध रहेको बयान दिएका छन् । उनले आफ्नो बयानका क्रममा भने, ‘न्यायालयको अपमान गर्ने मेरो कुनै मनसाय छैन तर यहाँको भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध मेरो लडाइँ हो । प्रधानन्यायाधीश गोपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे त्यसका विरुद्ध मेरो लडाइँ हो ।’

उनले आफूले जारीको विज्ञप्तिमाथि स्पष्टीकरण दिँदै भ्रष्टाचार विरुद्ध बोल्दा फक्राउ गर्ने काम किन गरियो भन्दै प्रश्न गरे । उनले भने मैले विज्ञप्तिमार्फत न्यायालयको आलोचना गरेको छैन उनले भने, ‘भ्रष्टाचारविरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियो । अदालतको भ्रष्ट प्रवृतिविरुद्ध मेरो लडाइँ हो, त्यसमा म अडिक छु ।’

सोमबारदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालगायता माग राखेर १४ औँ अनशन सुरु गरेका डा केसीलाई सर्वोच्च अदालतका न्यायाधीश डम्मबरबहादुर शाहीको एकल इजलासले गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो ।

सोमबार साँझ ८ बजे प्रहरीले डा केसीलाई अनशनरत अवस्थामै पक्राउ गरेको थियो । केसीलाई मंगलबार विहान ९ बजे अदालतमा हाजिर गराइएको थियो ।

dr.kc

विशेष