भोली ओली थाइल्याण्ड जाने, यस्तो छ कारण
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार दिउँसो एक बजे थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् ।
विगत लामो समयदेखि मृगौला पीडित ओली केही समयदेखि झाडापखालाले गर्दा घरमा नै आराम गरिरहेका छन् । ओलीको स्वास्थ्य अवस्थाका कारण माओवादी र एमालेबीचको एकता प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन ।