बालिकालार्इ जवरजस्ती वेश्यवृत्तिमा लगाउने ३ युवा जेल चलान
बेलायत । बेलायतमा १४ वर्षीया किशोरीलाई लागूऔषधि प्रयोग गरी जवरजस्ती वेश्याबृतिमा लगाएको आरोपमा तीन युवा जेल चलान भएका छन् ।
वारवीक क्राउन कोर्टले ज्याक क्यारिन्स, ब्रान्डन सार्पलेस र ज्याक म्याकल्नालीलाई बालिकामाथि यौन शोषण गरको आरोपमा जेल चलान गर्ने आदेश दिएको हो ।
उनीहरुले १४ वर्षीया किशोरीलाई १८ वर्षको भनी प्रचार गरे पाँच दिनसम्म २० जनासँग जवरजस्ती यौनसम्पर्क गर्न लगाएको प्रहरीको भनाई उद्धृत गर्दै बेलायतबाट सञ्चालित सञ्चार माध्यम मिररले जनाएको छ । तीनै जनालाई बालयौन शोषणको अभियोगमा जेल चलान गरेको बताइएको छ ।
ती बालिकालाई २०१५ जुन महिनाको १५ गते वोस्ट मिडल्याण्ड प्रहरीले उद्धार गरेको थियो । अहिले ती बालिका अाफन्तकाे संरक्षणमा रहेकाे बताइएकाे छ ।