News

डा केसीको स्वास्थ्यमा समस्या, आज वीर अस्पतालमै राखिने

डा केसीको स्वास्थ्यमा समस्या, आज वीर अस्पतालमै राखिने

काठमाडौं । नागरिक अभियान्ता डा गोविन्द केसीलाई वीर अस्पतालमा लगिएको छ । अनसनरत डा केसीको स्वास्थ्यमा समस्या देखिएकाले उनलाई वीर अस्पतालमा लगिएको हो ।

सोमबार राति अनसन स्थलबाट पक्राउ परेका डा केसीलाई आज दिनभर बयानका लागि सर्वोच्च अदालतमा राखिएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्चको आदेशमा सर्वोच्चको अदालतको अपहेलना मुद्दामा डा केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

अदालतकै आदेशअनुसार केसीलाई अस्पताल भर्ना गरिएको महानगरी प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । केसीलाई आज अस्पतालमै राखिने भएको छ । आज हेर्दाहेर्दैमा सकिएको केसीको मुद्दामा भोली विहान १० बजे थप बहस हुनेछ ।

विशेष