News

केसीको समर्थनमा माइतीघरमा पदर्शन, गगन थापाको समर्थन

केसीको समर्थनमा माइतीघरमा पदर्शन, गगन थापाको समर्थन


काठमाडौं । डाक्टर गोविन्द केसीको रिहाइको माग गर्दै सर्वसाधारणले काठमाडौैको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् ।

सोमबार प्रधानन्यायाधीशको राजीनामा माग गदै १४ औं अनशन थालेका केसीले अदालतको अपहेलना गरेको भन्दै प्रहरीले राती आठ बजे अनशन स्थलबाटै पक्राउ गरेको थियो । गोविन्द केसीको समर्थनमा पूर्व स्वास्थ्य मन्त्री गगन थापा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध आन्दोलनरत डा गोविन्द केसी पक्राउको विरोधमा माइतीघर मण्डलामा जाने बताएका छन् ।

उनले सामाजिक संंजाल ट्वीटर मार्फत गोविन्द केसीको समर्थन जनाउँदै विहान आठ बजे माइतीघर मण्डलामा उपस्थित हुन उर्दी समेत जारी गरेका छन् ।

‘न्यायका लागि भोलि बिहान ८ बजे म माइतीघर जानेछु र विश्वास छ तपाईं पनि आउनु हुनेछ,’ उनले ट्विटरमा लेखेका छन्। त्यसअघि थापाले केसी पक्राउको विरोध र तुरुन्त रिहा गर्न माग गर्दै ट्विट गरेका थिए। उनको पहिलो ट्विटमा भनिएको छ, ‘सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गर्छु। हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन।’

विशेष