विदेश

दुईलाख आप्रवासीलाई अमेरिका छाड्न ट्रम प्रशासनको आदेश

दुईलाख आप्रवासीलाई अमेरिका छाड्न ट्रम प्रशासनको आदेश

काठमाडौं । ट्रम्प प्रशासनले दुई लाख आप्रवासीलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिदिएको छ । मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको हो ।

सन् २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो ।

अब भने एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन् २०१९ सम्मको समयसीमा दिइएको छ । सो अवधिभित्र फिर्ता नभएमा पक्राउ गरी आवश्यक कारबाही गर्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ ।

अमेरिकाले यसअघि हैटी र निकारागुआका हजारौं मानिसहरुको टीपीएस सुरक्षा फिर्ता लिएको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै अमेरिकामा आप्रवासीलाई रोक्ने घोषणा गरेका थिए ।

विशेष