News

डाक्टर केसीलाई कडा सुरक्षाबीच अदालतमा उपस्थित गराइयो, प्रदर्शन जारी

डाक्टर केसीलाई कडा सुरक्षाबीच अदालतमा उपस्थित गराइयो, प्रदर्शन जारी


काठमाडौं। अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका प्रा डा गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराउन लगिएको छ ।  
सिंहदरबार प्रहरी वृत्तको हिरासतमा रहेका उनलाई प्रहरीले कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्याएको हो ।

उता माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि डा केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै प्रदर्शन जारी छ । केसीको समर्थनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, विवेकशिल साझाका संयोजक रविन्द्र मिश्र, बुद्धिजिबी लगायत सर्वसाधरणहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

विशेष