News

मलाई पनि मानहानीको मुद्दा लगाउ श्रीमान भन्दै यसरी गर्जिए गगन

मलाई पनि मानहानीको मुद्दा लगाउ श्रीमान भन्दै यसरी गर्जिए गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको अवहेलनाको मुद्दा लाग्छ भने आफूलाई पनि लगाउन चेतावनी दिएका छन्।
डा केसी पक्राउको विरोधमा मंगलबार काठमाडौंको माइतीघरमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेता थापाले आफू केसीको पक्षमा रहेकाले मानहानीको मुद्दा लगाउन चेतावनी दिएका हुन्।

अदालतको बारेमा मात्रै होइन, कसैको विरुद्धमा नबोल्ने वातावरण थियो। राजा विरुद्धमा यसैगरी आन्दोलन गरिएको थियो। त्यतिबेला पनि राजद्रोहको मुद्दा लगाएर यसैगरी प्रकाउ गरिएको थियो उनले भने श्रीमान डा केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी मुद्दा लगाऊ।

डा केसीको आन्दोलन सबै नेपालीको माग भएको भन्दै नेता थापाले उनलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। आफूलाई विगतमा राजद्रोहको मुद्दा लगाउँदा आफ्नो पक्षमा बहस गर्दै एमाले नेता तथा कानुन व्यवसायी सुवास नेम्वाङले गगनलाई राजद्रोहको मुद्दा लाग्छ भने राजाको विरुद्धमा आन्दोलन गरेका सबैलाई मुद्दा लगाऊ भनेको स्मरण गर्दै थापाले अहिले पनि डा केसी एक्लै नरहेको बताए।

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशमा प्रहरीले सोमबार त्रिवि शिक्षण अस्पतालका डा गोवन्द केसीलाई पक्राउ गरेपछि मंगलबार त्यसको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। उक्त प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतका नेताहरु पनि सहभागी छन्।

विशेष