फुटबल टोली स्वदेश फिर्ता

फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । 

 

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले स्वागत गरेका छन् । भुटानमा सम्पन्न सो प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो । यही असोज २१ गते सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो । 

 

सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गरी फाइनलमा स्थान बनाएको थियो । उपविजेता बनेको यु–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई एन्फाले जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । 
 

स्वदेश फिर्ता नेपाली महिला फुटबल टोली

संम्बधित खबर

विशेष