घुस रकमसहित सहन्यायाधिवक्ता पक्राउ

घुस रकमसहित सहन्यायाधिवक्ता पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । 

 

अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले बुधबार निजकै कार्यकक्षबाट पक्राउ गरेको हो । 

 

आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा घुस रकमसहित पक्राउ

संम्बधित खबर

विशेष