विदेश

बस दुर्घटनामा ४२ जनाको मृत्यु

बस दुर्घटनामा ४२ जनाको मृत्यु

नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए । 

 

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । 

 

उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा बर्षेनी करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो । 
 

बस दुर्घटना केन्याको पश्चिमी क्षेत्र ४२ जनाभन्दा बढीको मृत्यु

विशेष